• ON AIRनेपाली पप गीत
  • UP NEXTपाथीभरा समाचार

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

pathibharafm

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरको आयोजना तथा दमक नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाकि उपाध्यक्ष प्रमिला नैउपाने तिवारीले स्थानीय सरकारलाई पनि खाद्य अनुगमन गर्दा कार्वाही गर्ने अनुमति दिनु पर्ने ऐन हुनुपर्ने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरका खाद्य अनुसन्धान अधिकृति निराजन मगरले खाद्यान्न सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे अन्तरक्रिया दिनु भएको थियोे । कार्यक्रममा इलाका प्रशासन कार्यलय दमकका प्रमुख झरेन्द्र  प्रसाद चापागाईं ,खाद्य प्रविधि तथा गुण डिबिजन बिराटनगरकि खाद्य  निरीक्षक अधिकारी प्रमिला राई ,इलाका प्रहरी कार्यालयका प्रमुख राम तिम्सिना,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं,  दमक उद्योग वाणिज्य संघका कार्यलय प्रमुख निरज बिष्ट, दमक नगरपालिकाकि खाध अधिकृत लक्ष्मी नैउपाने लगाएतको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम

pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन