• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेपाली लोकदोहोरी र फिल्मी गीत

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

pathibharafm



१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्छन् ।वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराई बताउनुहुन्छ ।आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय

  १० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ

pathibharafm

पत्रकार भैरव रिसालको निधन

२५ चैत्र,झापा ।वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार

pathibharafm

पत्रकार भैरव रिसालको निधन

२५ चैत्र,झापा ।वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार