किरात महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती मनाईदै

२५ कार्तिक,झापा ।किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ।
१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरे। त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो। किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो।
किरात समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाइन्छ। यो अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस