• ON AIRनेपाली पप गीत
  • UP NEXTपाथीभरा समाचार

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

pathibharafm


झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा झापाको बिर्तामोड, अर्जुनधारा दमक लगायतका पालिकामा शिक्षकहरुले विरोध ¥याली निकालेका हुन् ।उनीहरुले प्रहरी दमन अन्त्य गरिनुपर्ने र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका नारा लगाउँदै बिरोध जनाएका थिए । दमकको गणतन्त्र चोकमा पनि यस क्षेत्रका शिक्षकहरुले प्रर्दशन गरेका छन् ।‘शिक्षा ऐन जारी गर’ ‘शिक्षक माथीको प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएको आवाजले दमक चोक गुन्जिएको थियो । गणतन्त्र चोकमा शिक्षकहरुले आफ्नो स्थानीय तहका नेता, जनप्रतिनिधिलाई पनि बुझाउन भन्दै लगाइएको नारा हो । सयौं संख्यामा सहभागी शिक्षकहरुले कोणसभाको आयोजना गर्दै सरकारलाई गणतान्त्रिक शिक्षा ऐन जारी गर्न माग गरेको सो क्रममा गौरादहस्थित जनता माविका प्रधानाध्यापक रत्न कट्वालले बताउनु भयो ।
उता शिक्षक महासंघ विर्तामोड नगर समितिले ‘प्रहरी दमन’ को विरोधस्वरुप विर्तामोडमा प्रदर्शन गरेको हो ।विर्तामोडको पश्चिम बसपार्कमा भेला भएका शिक्षकहरु विभिन्न नारा लगाउँदै विर्तामोड वजार परिक्रमा गरी मुक्तिचोकमा कोणसभा गरे ।कोणसभाका वक्ताहरुले शिक्षक आन्दोलन दबाउन सरकारले घुसपैठ गरेको आरोप लगाउँदै दमनको भरमा आन्दोलन नरोकिने चेतावनी दिए ।
राज्य संयन्त्र सामुदायिक विद्यालयको शिक्षा मासेर निजी विद्यालयलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाउँदै शिक्षक महासंघ गौरादहका अध्यक्ष लिलानाथ गौतमले ‘शिक्षकको माग पुरा गर्दा सत्ताधारीहरुको खर्च घट्ने चिन्ताले आन्दोलनलाई बेवास्ता गरिरहेको आरोप लगाउनु भयो ।
राजधानीमा जारी आन्दोलन थप चर्कदै गएको छ । सरकारले यतिका दिनसम्म शिक्षकका माग नसुनेपछि आन्दोलनलाई थप सशक्त बनाइएको शिक्षक महासंघले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम

pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन