• ON AIRनेपाली पप गीत
  • UP NEXTपाथीभरा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै

pathibharafm


२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिने भएको छ । 
रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही लैजान लागिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले बताउनुभयो । 
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने