गुण र दोषका आधारमा सरकारलाई समर्थन–डा. कोइराला

बिर्तामोड/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा बिर्तामोडमा आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राखेका हुन् । नेपालमा विकास र समृद्धिका प्रशस्त सम्भावना रहेको चर्चा गर्दै नेता कोइरालाले हाइड्रोपावर, कृषि उत्पादन, जडिबुटी, पर्यटन प्रवर्द्धन, होटल तथा ब्यवसायलगायतका क्षेत्रमा लगानी गर्न सके आयस्तर बढाउन सकिने बताए । यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । अदक्ष कामदार, दक्ष जनशक्ति र अध्ययन गरी तीन प्रकृतिमा नेपालीहरु विदेशिने गरेको चर्चा गर्दै उनले विदेशमा सीप र दक्षता हासिल गरेका ब्यक्तिहरुको सीप, क्षमता र पैसा नेपालमा लगानी गर्नसके देश विकास सम्भव भएको भनाई राखे । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु सरिता प्रसाई, राजीव कोइराला, सुशिला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, कोशी प्रदेश महासचिव उमेश थापा, झापा सभापति देउकुमार थेवेलगायतले मन्तब्य राखेका थिए । विभागका केन्द्रीय संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले कार्यक्रमको मोडेल र हालसम्म भएका कार्यक्रमकाबारे जानकारी दिदै अवसरको खोजीमा युवा पुस्ता विदेशिनु स्वाभाविक भएपनि उनीहरुलाई स्वदेश फर्काएर सीप र सिर्जनाको उपयोग गर्ने नीति राज्यले लिनुपर्ने बताए । विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सुवास लोहनीले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका लगभग एकसय जना प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा पूर्व आप्रवासीहरुको तथ्याङ्क संकलन, उनीहरुमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने बताइएको छ ।

आज लोकतन्त्र दिवस
११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका सरोकारवालासँग छलफल
२६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित
२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने
प्रतिकृया दिनुहोस