• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेपाली लोकदोहोरी र फिल्मी गीत

माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान सुरू

pathibharafm

फागुन १२, झापा ।
नेकपा माअ‍ेबादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान शुरु भएको छ ।झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको शुभारम्भ गरेका हुन् 
 
अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई÷मधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बताउनुभयो । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उहाँको दाबी छ ।

यस्तै उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।
यसैगरी पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।
झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि  उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छन्। उनले यसअधिका बारेमा 
केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।
गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने छ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने