केबलकार विवाद : ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं / पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।
सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।
अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो।
सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।
उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस