• ON AIRकायाकैरन
  • UP NEXTबालबालिकाका निम्ति साचाहरु

दमक फूडफेस्टिवल चैत्र २३ देखि

pathibharafm


दमक,चैत्र १८
झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने  फूडफेस्टिवल सम्पन्न गर्न  तयारी तीव्र पारिएको संघका अध्यक्ष योगराज दंगालले बताए ।
संघले दमकमा पत्रकार सम्मेलन गरि दशौं संस्करणका रुपमा रहेको यस फेस्टिवल सम्पन्न गर्न धमाधम तयारी तीव्र पारिएको उहाँले जानकारी दिए । दमक–७ स्थित पशुहाट मैदानमा हुने सो फेस्टिवलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका कोशी प्रदेश अध्यक्ष राजन दङगालले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

झापा ।  मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा

pathibharafm

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु 

  झापा/ झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने

pathibharafm

कीर्तिपुरमा बस दुर्घटना , एकजनाको मृत्यु, तीन घाइते

काठमाडौँ  काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख