• ON AIRरोपेगुना फल
  • UP NEXTविविसी नेपाली सेवा

नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम

pathibharafm

काठमाडौं, ९ फागुन २०८० । सेयर बजारले आजपनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो।

नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ३ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो।

मनु एण्ड प्रोबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। सो कम्पनीको सेयर २.८४ प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

 

प्रतिकृया दिनुहोस
pathibharafm

दमक फूडफेस्टिवल चैत्र २३ देखि

दमक,चैत्र १८ झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने

pathibharafm

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा,चैत्र १३ विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

pathibharafm

ग्लोबल मनी विक २०२४ :'दमकमा धितोपत्र सम्बन्धी सचेतना 

दमक,चैत्र ८  Global Money Week 2024 को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने