• ON AIRहिन्दी कभर गीत
  • UP NEXTनेपाल दर्पण

पुलमा मालवाहक जहाज ठोक्किँदा २ जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता

ग्वानझाओ, १० फागुन २०८० । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् ।
समाचार संस्था सीसीटीभीमा प्रकाशित तस्बिरमा पुलको एक हिस्सामा क्षति पुगेको र जहाज त्यहाँ अड्किएको देखिएको छ । जहाजले सामान भने बोकेको देखिएको छैन । घटना स्थानीय समयअनुसार बिहान साढे ५ बजे भएको थियो ।

बेइजिङ न्यूजका अनुसार घटनामा संलग्न जहाजको क्याप्टेनलाई पक्राउ गरिएको छ भने नजिकका क्षेत्र खाली गरिएको छ । पुललाई स्तरोन्नति गर्ने योजना रहे पनि त्यो टर्दै आएको थियो । सन् २०२१ को अक्टोबरमा प्रान्तीय अधिकारीहरूले पुलको भौतिक सुरक्षाका लागि ठक्कर न्यूनीकरण पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।

ग्वान्झाओ पर्ल नदी छेउमा अवस्थित रहेको छ । यो चीनको व्यस्त बन्दरगाह मध्ये एक हो । घटना भएको नान्सा दक्षिण चीनको सबैभन्दा चाँडो विकास भइरहेको बन्दरगाह हो ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

चीनमा दक्षिणी भागमा तापक्रम घटेपछि गम्भीर मौसमी चेतावनी जारी

बेइजिङ, ९ फागुन २०८० । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरुले मुलुकको

यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौँ, ७ फागुन २०८० । युनाइटेड अरब इमिरेट्स (यूएई) मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले

pathibharafm

इरानमा एक व्यक्तिले गरे आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या

६ फागुन २०८० । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य