• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

कीर्तिपुरमा बस दुर्घटना , एकजनाको मृत्यु, तीन घाइते

pathibharafm

काठमाडौँ 
काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।


कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा। गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो। अन्य तीन घाइतेको उपचार भइरहेको छ।

घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन्। लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ।

प्रतिकृया दिनुहोस

मेची भन्सारमा आयत घट्यो,निर्यात बढ्यो 

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी