• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

pathibharafm


झापा । 
मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा परी १८ जना घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभएको हो । सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

मेची भन्सारमा आयत घट्यो,निर्यात बढ्यो 

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी