• ON AIR
  • UP NEXT

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु 

pathibharafm

 

झापा/ झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
 

प्रतिकृया दिनुहोस

मेची भन्सारमा आयत घट्यो,निर्यात बढ्यो 

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी