• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो ,यस वर्ष ७ जनाले ज्यान गुमाए


झापा, चैत १७ । 
झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
गएराति हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया खड्गमाया लिम्बू रहेकी छन् ।

छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११।५० बजेको समयमा एक्कासी जंगली हात्ती आई घर भत्काउदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो । घरदेखि अन्दाजी ३० मिटर पश्चिमदक्षिण दिशातर्फ हात्तीले भेटी खड्गमायालाई सुँडले घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुट्टाई क्षतविक्षत पारी घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेट्वाल दम्पत्तीलाई आक्रमण गर्दा श्रीमती ६० वर्षीया पवित्रा भेट्वालको मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका थिए ।
योसंगै यस वर्ष हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

झापा ।  मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा

pathibharafm

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु 

  झापा/ झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने

pathibharafm

कीर्तिपुरमा बस दुर्घटना , एकजनाको मृत्यु, तीन घाइते

काठमाडौँ  काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख