• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

लिम्बु चलचित्र युक्पुङकोे दमकमा गरियो विशेष प्रर्दशनी

pathibharafm


दमक,चैत्र २ 
लिम्बु समुदाय आधारित चलचित्र युक्पुङकोे विशेष प्रर्दशनी झापाको दमकमा भएको छ  । चैत्र २ र ३ गते दमकको डिम्याक्स सिनेमा हलमा प्रर्दशन गरिएको चलचित्र प्रर्दशनको संयोजक बिक्रम वनेम लिम्बुले जानकारी दिनुभयो ।
सहरकका शिक्षित युवक र  ग्रामीण भेगकी  युवतीबिचको प्रेममा आईपर्ने समस्या र त्यसपछिको संघर्षको रोचक कथा प्रस्तुत गरिएको चलचित्रलाई दर्सकको भब्य उपश्थिती रहेको संयोजक वनेमले बताउनु भयो ।
मौलिक संस्कार संस्कृति र शिक्षाको महत्व दर्शाउन खोजिएको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।
बिष्णु मोक्तान र मदन वनेमको पटकथा तथा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा(सियेम), इन्दु लाओती र ममता यक्सो निर्माता रहेको चलचित्रमा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन, तरा शर्माको मेकअप, मदन वनेमको शव्द तथा यासेली योङहाङ र मदन वनेमको संगीत रहेको छ ।
किराँत याक्थुङ चुम्लुङ दमक याक्थुङ मुन्चईत, लिम्बू विद्यार्थी मञ्च झापा, याक्थुङ युबा मञ्च झापा र मुन क्रियसन प्रालि केन्द्रिय कार्य समिति दमकको  सहआयोजनामा बिशेष प्रदर्शन भएको हो । 
चलचित्रमा यसली योङहाङ,कबिता आले,सागर केरुङ,अनिल लिम्बु,कुशल थलङ,सेसेमा सेन्दान लगायतको अभिनय रहेको चलचित्रमा नरकुमारी वानेम सेन्दाङ,स.भीमा पाङमा,ईन्दु लावती,ममता याक्सो को लगानी रहेको चलचित्रमा दिनेस माङमुले गर्नुभएको हो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

झापा ।  मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा

pathibharafm

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु 

  झापा/ झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने

pathibharafm

कीर्तिपुरमा बस दुर्घटना , एकजनाको मृत्यु, तीन घाइते

काठमाडौँ  काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख