सरकार भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा अघि बढेको मन्त्ती अधिकारीको भनाई
२७ साउन गौरादह ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको छ । उहाँले जग्गा भोगचलन गरे पनि धनिपुर्जा नहुनेलाई सरकारले जग्गा मालिक बनाउने अभियानमा रहेको बताउनुभयो ।
झापाको गौरादह ४ र ५ को जग्गा दर्ता समितिको शुभारम्भ कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासका समस्याहरूलाई समाधान गर्दै लैजाने बताउनुभयो । गौरादहको साविक महारानीझोडाको समस्या समाधानका लागि सरकारले गठन आदेश मार्फत समिति बनाएको र त्यसैले धनिपुर्जा वितरण गर्ने उहाँले बताउनुभयो । जग्गाको भोगअधिकार नहुँदा बैङ्किङ सहितको काममा समस्या पर्ने गरेको र त्यसको गाँठो समितिले फुकाउने उहाँले बताउनुभयो ।
झापामा पुरानो नापीका आधारमा ५ हजार ५ सय जग्गाधनीहरू नक्सा सहितको धनिपुर्जाबाट बञ्चित छन् ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस