हात्ती नियन्त्रणमा मोबाईल एपको प्रयोग

२२ असार झापा ।झापामा हात्ती नियन्त्रणका लागि हात्ती आगमन सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ ।
जिल्लाको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उतm केन्द्रको उद्घाटन गरेका छन् ।
मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ‘लुना जीपीएस एप’को शुरुवात गरि उद्ध्घाटन गरेका थिए ।
यस एपमार्फत हात्ती आएको सङ्केत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् ।
उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिब ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर वडा नम्बर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।
उद्घाटनपछि प्रमुख अतिथि सभामुख घिमिरेले हात्तीको आतङ्कका कारण हरेक वर्ष मानिसको मृत्युसँगै हजारौँ घरपरिवार विस्थापित हुने गरेको बताए ।
पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा पुगेका कारण हात्ती आगमन सूचना प्रविधि केन्द्रले न्यूनीकरण गर्ने उनले विश्वास व्यक्त गरे । बाहुनडाँगी भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौँको सङ्ख्यामा हात्तीहरू नेपाल प्रवेश गर्छन् ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस