• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनमा हल्दिबारी गाउँपालिका जिल्लाकै उत्कृष्ट 

pathibharafm

झापा, चैत्र २०
हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापा जिल्लामा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य सेवा विभागले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९र८० को हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा हल्दिबारी गाउँपालिकाले गरेको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गरिएको हो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री,स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले  हल्दिबारी  गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई सम्मान पत्र प्रदान गरेका थिए । स्वास्थ्यकर्मी , जनप्रतिनिधि, सरोकारवाला तथा कर्मचारीहरूको सक्रियताले यो सम्मान मिलेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए।

स्वास्थ्य स्वयंसेविका, औषधि सेवन गर्ने जनसमुदाय, राजनैतिक नेतृत्व सञ्चारकर्मीलगायत सवैको महत्त्वपूर्ण सहभागिता नै सफलताको आधार भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। आगामी २०८१ वैशाखमा फेरि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुन गइरहेको छ।

प्रतिकृया दिनुहोस
pathibharafm

आज मातातिर्थ औसी

झापा । आज मातातिर्थ औसी ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा

pathibharafm

झापामा महिनौँदेखि वर्षा नहुदा खडेरीले खेतमै बाली सुक्न थाले

    झापा /झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि

pathibharafm

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाख   सरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन