• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो समिति

pathibharafm


झापा,चैत्र १६
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा संयोजक पाण्डेसहित गृहमन्त्रालयका उपसचिव ऋषि पौडेल, उपसचिव एकदेव अधिकारी र नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई छन् ।

समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ । समितिले दुर्गा प्रसाईंका नाममा इजाजतपत्र र त्यसको नवीकरण सम्बन्धमा छानबिनगरी दोषी उपर कारबाहीको सिफारिस गर्ने छ । यस्तै व्यक्तिगत रुपमा इजाजत प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धनमा मापदण्ड समेत समितिले निर्धारण गर्नेछ ।

यसबाहेक उक्त समितिले इजाजत प्राप्त हातहतियार र खरखजानाको दुरुपयोग रोक्न अनुगमन, नियमन र नियान्त्रणका सम्बन्धमा गरिएका अभ्यासको समीक्ष समेत गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
pathibharafm

आज मातातिर्थ औसी

झापा । आज मातातिर्थ औसी ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा

pathibharafm

झापामा महिनौँदेखि वर्षा नहुदा खडेरीले खेतमै बाली सुक्न थाले

    झापा /झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि

pathibharafm

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाख   सरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन