• ON AIRलोक कुञ्ज (देब)
  • UP NEXTपाथीभरा समाचार

राष्ट्रिय भूमि आयोग खारेज

pathibharafm


काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, त्यसको प्रमाणीकरण गर्ने र नापी नक्सामा पठाउने काम सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस
pathibharafm

आज मातातिर्थ औसी

झापा । आज मातातिर्थ औसी ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा

pathibharafm

झापामा महिनौँदेखि वर्षा नहुदा खडेरीले खेतमै बाली सुक्न थाले

    झापा /झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि

pathibharafm

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाख   सरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन