• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

सरकारको न्यूनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गर्ने तयारी

pathibharafm


काठमाडौं — सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गर्ने तयारी गरेको छ । आजै सत्ता गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर  सोमबार सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो,’ उनले भने, ‘प्रत्येक दलबाट २(२ जना सदस्यहरु हुनुहुन्थ्यो । उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री र शीर्ष नेताहरुलाई बुझाएको छौँ । उहाँहरुको बैठक बसेर यसलाई अन्तिम रुप दिएर सकेसम्म सोमवार सार्वजनिक गरिनेछ ।’

कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई मस्यौदा बुझाएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषय समेटिएको उनको भनाइ छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा ९एकीकृत समाजवादी० बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

आज मातातिर्थ औसी

झापा । आज मातातिर्थ औसी ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा

pathibharafm

झापामा महिनौँदेखि वर्षा नहुदा खडेरीले खेतमै बाली सुक्न थाले

    झापा /झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि

pathibharafm

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाख   सरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन