• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

राष्ट्रिय दलकै कार्यकर्ताले आफूमाथि दुब्र्यबहार गरेको रास्वपा सांसद गौतमको भनाई

pathibharafm

२१ साउन,काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका— ६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् ।

बाढी—पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गरेकी हुन् ।


स्थानीयबासीले आफूलाई पहिरो झरेको ठाउँ देखाएर फर्किने क्रममा टोलमा जम्मा भएका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५र२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’


उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताइन् । ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए। मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने रु’

तर सोविताले ती युवाहरू कुन दलका थिए भन्ने खुलाएकी छैनन् । सोविता राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ की सांसद हुन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

कक्षा १२ को परीक्षा आजदेखि शुरुहुदै 

  २१ बैसाख, । झापा आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म

pathibharafm

आज मातातीर्थ औँसी,आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

१४ बैसाख,झापा /आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।आज आमालाई मीठा खानेकुरा र उपहार

pathibharafm

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय

  १० बैसाख,झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ