• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

pathibharafm

बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।

सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । यसरी जिल्लाभरका दर्जन बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।

सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो । संघले सहकारी दिवसमा सहकारी विरोधी विरुद्ध शक्ति प्रदर्शन समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र सञ्चालन

झापा,चैत्र १९ झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ । दमक ६ स्थित कार्यलयको भवनमा एक

pathibharafm

झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय राईको मृत्यु

झापा,चैत्र १८ सुनसरीको झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान

pathibharafm

दमक फूडफेस्टिवल चैत्र २३ देखि

दमक,चैत्र १८ झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने