• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेशनल गीत

कोशीमा नया सत्ता समिकरणकै संरचनामा सरकार बनाउन दलहरुको बहस

pathibharafm

दमक,चैत्र १०
केन्द्रमा नया सत्ता समिकरण फेरिएसंगै कोशी प्रदेश संकटमा परेका छ । संबिधानका सबै धारा को प्रयोग गरि यस अघिका सरकार निर्माण भईसकेक छन् । यअघि संबिधानको अन्तिम बिकल्पका रुपमा नेकपा एमालेको र काग्रेशबाट बिद्रोह गरि आएका ७ सांसदको सर्मथनमा केदार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।तर केन्द्रमा सत्ता फेरिएसंगै कोशी प्रदेशमा पुन सरकार परिवर्तनको बहस उठेको छ ।बिशेषगरि नेकपा एमाले र माओबाी केद्रका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिएर सरका गठनको मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरिरहेका छन् ।
यस्तैमा मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् ।
शुक्रबारआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । यो सरकार विरूद्ध बलजफति गर्न जोसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खोजिए तत्कालिन प्रधानसेनापति रूक्मांगद कटुबालको घटना दोहोरिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

झापा ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज बिश्वासको मत लिदै

झापा ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश

pathibharafm

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

झापा । कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ