• ON AIRपुराना नेपाली आधुनिक गीत
  • UP NEXT

मोरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु

pathibharafm

विराटनगर, ८ फागुन २०८० । मोरङको सुन्दरहरैँचामा मंगलबार पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रहेका एक जना पुरुषको मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा नम्बर प्लेट नखुलेको सवारीसाधनले को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा दिउँसो ४:४० बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय सुन्दर बुढाथोकी पनि घाइते भएका छन्।

टाउको, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका बुढाथोकीको नोबेलमै उपचार भइरहेको छ। ठक्कर दिने सवारीसाधन दुर्घटनालगत्तै फरार भएको प्रहरीको भनाइ छ। उक्त सवारीसाधनको पहिचान र खोजीका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ। ‘केही शंकास्पद सवारीसाधन हाम्रो निगरानीमा छन्,’ प्रहरी स्रोतले भन्यो, ‘थप विषयमा प्रष्ट हुनका लागि यातायातलाई लेखेर पठाइएको छ।’

प्रतिकृया दिनुहोस

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

झापा ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज बिश्वासको मत लिदै

झापा ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश

pathibharafm

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

झापा । कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ