• ON AIRनेपाल खवर
  • UP NEXTनेपाली आधुनिक गीत संगीत

लुम्बिनी प्रदेशमा पहिलो पटक एनजीओग्राम सेवा शुरु

pathibharafm

काठमाडौँ, ३ फागुन २०८० । लुम्बिनी प्रादेशिक अस्पतालले बुधवार एनजीओग्राम सेवा शुरु गरेको छ। उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्।

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकेज’ परीक्षण गर्ने विधि हो। सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ।

लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा अस्पतालमा शुरु भएको हो। यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो। सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा. अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो।

“अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ,” डा. बुढाथोकीले भने। एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने प्रविधि र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने यन्त्र हो।

 

प्रतिकृया दिनुहोस

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम

बुटवल, १० फागुन २०८० । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको

pathibharafm

झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेशिन हस्तान्तरण

झापा, ९ फागुन २०८० । भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेशिन हस्तान्तरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले

कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटियो

काठमाडौँ, ६ फागुन २०८० । मेला होस् या बजार कटन क्यान्डी देख्ने बित्तिकै साना बालबालिकाहरु किन्ने जिद्दी गर्न थाल्छन् । रोई कराई गरेर भए पनि नखाई