• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

पाँच वटा विमानस्थलमा एक्स-रे मेसिन जडान गरिने

pathibharafm

काठमाडौँ, १६ पुस २०८० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिनुभयो । मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । देशका बिभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरुमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान भएका छैनन् । ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स(रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुले यात्रुका सरसामान तथा झोलाहरु हातले छामेर चेकजाँच गर्दै आएका थिए । विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरुलाई पनि यसले सजिलो हुने बताइएको छ ।रासस

प्रतिकृया दिनुहोस

मोबाइलको ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ?

काठमाडौँ, २८ माघ २०८० । अहिले मोबाइलमा अनेकौँ एडभान्स फिचर पाइन्छ । मोबाइलको आवश्यकता यति बढेको छ कि मानिसहरू अलिकति ब्याट्री घटेको देख्ने बित्तिकै

नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

काठमाडौँ, २५ पुस २०८० । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४

pathibharafm

सरकारको तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ, १७ पुस २०८० । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक