• ON AIR
  • UP NEXT

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ )

pathibharafm


१ असार,झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ करोड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने,  भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।

कृषिमा व्यवसायिकरणका लागि कृषि ऋणको व्याजमा सहुलियत दिने व्यवस्था बजेटमा गरिएको छ । आगामी आर्थिक वर्षबाट कृषि अनुदान निरुत्साहित गर्ने सरकारको योजना छ ।

कोशी सरकारले खोरेत रोग निर्मुल गर्ने घोषणा सरकारले गरेको छ । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने पनि मन्त्री मगरले घोषणा गरे ।

बहुबर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ बजेट विनियोजन गरेको छ । भूमिगत सिँचाइका लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ । विद्युतीय चार्जिङ स्टेसनका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले एक घर एक धाराको योजना पनि अघि सारेको छ । जसका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन भएको छ । बालबालिकाको उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घोषणा गरेको छ । यसअघि केदार कार्कीले चालु आर्थिक वर्षका लागि १० वर्ष मुनिका बालबालिकाको उपचार निशुल्क गर्ने घोषणा गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट

pathibharafm

स्वर्णलक्ष्मी सहकारीको १५ औ बार्षिक साधारणसभा सम्पन्न

२७ भदौ,दमक ।झापाको दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गरिरहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न

pathibharafm

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको