कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
कमलनगर जेसीजको १० औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका-१ स्थित कमल पोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट वर्ष २०२५ को लागि अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी मनिषा कठायत र जेसी रोसन अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी डिजा घिमिरे, जेसी अर्चना कार्की, जेसी मिलन पौडेल र जेसी कमल कटुवाल तथा तालिम निर्देशकमा जेसी भूमिका चापागाई र जनसम्पर्क अधिकारीमा भिम कुमारी बस्नेत (रञ्जना) निर्वाचित भएको कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२५ का निर्वाचन आयुक्त जेसी नारायण बस्नेतले जानकारी दिनुभयो ।

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने
२२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार
दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय

दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम
प्रतिकृया दिनुहोस