• ON AIRकायाकैरन
  • UP NEXTबालबालिकाका निम्ति साचाहरु

प्रहरीद्धारा दमक हत्या प्रकरणका तीन आरोपी सार्बजनिक,मुख्य दोषी अझै फरार

pathibharafm


११ कार्तिक दमक ।प्रहरीले दमकमा हत्या भएका ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।आफन्त र स्थानीयको चर्काे दबाब र प्रर्दशनपछि उनीहरुलाई प्रक्राउ गरेको हो ।
प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए । घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको डीएसपी चन्दले बताए ।
उत्त घटनासँग जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की , उर्लाबारी– ७ का ध्रुव गौतम र दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीबाहेक मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ। मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बूसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन् । बाँकी चारजना फरार नै रहेका छन् ।

गत कात्तिक ६ गते दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस
pathibharafm

टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

०१ मंसिर झापा ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु

pathibharafm

आज हरिबोधिनी एकादशी,घरघरमा तुलसीको विवाह गरी मनाईदै

२७ कार्तिक,झापा ।आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका

pathibharafm

किरात महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती मनाईदै

२५ कार्तिक,झापा ।किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार,