News
नायिका रेखा थापाले चलचित्र रुद्रप्रिया निर्माण गर्ने
Added: 2017-01-17

माघ,०४,२०७३ । नायिका रेखा थापाले निर्माण गर्ने भनेको चलचित्र कस्ले चोर्यो मेरो मन फेरी लाई थाती राखेर उनले अर्को चलचित्र रुद्रप्रिया निर्माण गर्ने घोषणा गरेकी छिन ।

चलचित्र निर्माण को शैलीलाई पूर्ण रुपमा परिवर्तन गर्ने उद्देश्य सहित नयाँ  टिमअप गरेकी छिन् । दिईएको जानकारी अनुसार रेखाले ‘माला’ फिल्म निर्देशन गरेका निर्देशक सुदीप भूपाल सिंह लाई चलचित्र रुद्रप्रिया को निर्देशकका रुपमा हस्ताक्षर गराएकी छिन् भने चलचित्र निर्देशक सुर्दशन थापा र निर्देशक एवं कलाकार अर्पण थापालाई मुख्य अभिनेताका रुपमा अनुबन्ध गरेकी छिन् ।

   यी तिन निर्देशकलाई आफ्नो नयाँ चलचित्र मा अनुबन्ध गरे संगै रेखा ले चलचित्र को टाइँटल समेत सार्वजनिक गरेकी छिन् । रेखाले जानकारी दिएको अनुसार चलचित्र को टाइँटल रुद्रप्रिया राखिएको छ।चलचित्र को छायाँकन चैत्रको पहिलो हप्ता देखि सुरु हुँदै छ्,रेखा को आफ्नै होम प्रोडक्सनबाट बन्न लागेको चलचित्र रुद्रप्रियामा रेखाले ५० प्रतिशतको शेयर होल्डर पार्टनरका रुपमा सिम टिभिका मेनेजिङ डिरेक्टर रमेश पौडेल लाई लिएकी छिन्, जो चलचित्र रुद्रप्रियामा कार्यकारी निर्माताका रुपमा पनि देखिनेछन् भने निर्माताको रुपमा  रेखाकी आमा सरस्वती थापाको नाम देखिनेछ । जानकारी मा आए अनुसार रेखाले छायाकन मा सञ्जय लामा,संगीतकारमा सुरेश अधिकारी लाई पनि अनुबन्ध गराइ सकेकी छिन ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: [email protected]