News
जिका भाइरसको महामारी फैलिए पनि रियो ओलम्पिक नरोकिने ।
Added: 2016-02-02
जिका भाइरसको महामारी फैलिए पनि रियो ओलम्पिक नरोकिने ब्राजिलका अधिकारीले बताएका छन् । विश्व स्वास्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको जिका भाइरसको संक्रमणका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित छ । आउँदो अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा ओलम्पिक प्रतियोगिता हुँदैछ । जिका भाइरसका कारण गर्भवती महिला मात्रै जोखिममा रहने र यसबाट खेलाडी तथा अरु खेल पदाधिकारीलाई असर नपर्ने भएकाले ओलम्पिक नरोकिने सरकारी अधिकारीले बताएका छन् । गर्भवती बाहेक अरु कसैमा जिकाको खतरा नरहने भएकाले ढुक्क भएर ओलम्पिकमा सहभागी हुन सबै खेलाडी तथा खेल पदाधिकारीमा त्यहाँका अधिकारीले आग्रह गरेका छन् । तर गर्भवती महिलालाई भने सकेसम्म रियो ओलम्पिक हेर्न नआउन आग्रह गरिएको छ ।
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: [email protected]