News
राज्यले हामीलाई सहानुभुती हैन अवसर दिए पुग्छ
Added: 2015-10-30

            
                                        राज्यले हामीलाई सहानुभुती हैन अवसर दिए पुग्छ

                                                        

                                                                                                                               – लोकनाथ रिजाल


झापा शरणामती¬¬– ५ कन्काई बजारमा बस्दै आएकि २३ बर्षीया यमुना खतिवडा शारिरीक रुपमा अपांग भए पनि बौद्धिक रुपमा सबल र सक्षम रहेकि छिन् । शारिरीक रुपमा सक्षम ब्यक्ति सरह काम गर्छिन । बिद्यालयहरुको प्रश्न पत्र निर्माण, फोटोकपी, फोटो निर्माण, फ्रेमिङ लगायतका काम गर्न सिपालु छिन् ।  प्राबिधिक कुरामा निकै चासो राख्छिन् । अहिले शरणामती बाट सुरु¨ा आएर कम्युटरको एकाउन्टिङ कोर्स समेत गर्दैछिन् । त्यस्तै मेची क्याम्पसमा बि ए फस्ट इयरमा सोसीयोलोजी र नेपाली प्रमुख बिषय राखेर अध्ययन समेत गरिरहेकी छिन् । वुवा यमनाथ खतिवडा र आमा रमा खतिवडा पनि उनको सिप प्रति दंग छन् । सानै देखि दुबै खुट्टा चल्न छोडे पनि उनलाई आत्म बिश्वासले भने साथ छोडेको छैन । होपेगन नामक एक संस्थाले दिएको ट्राईसाईकल र दुई वटा लठि अहिले उनको भरोषा रहेको छ । त्यसैको सहारामा उनी यता उता हिडडुल गर्ने गर्छिन् ।
शारिरीक अशक्तता उनका लागि कमजोरी नभएर शक्ति भएको बताउछिन् । सबैभन्दा ठुलो आत्मबिश्वास  रहेकोले मानिसले चाहने हो भने जस्तो सुकै काम गर्न सक्ने कुरामा उनी दृढ छिन् । उनी भन्छिन् –“म शारिरीक रुपमा अपांग भएर मलाई कुनै गुनासो छैन । हामीले पनि चाहेउ भने, संकल्प गरेर लागि परेउ भने सबै चिज प्राप्त गर्न सक्छौ ।” हुन पनि हो अन्य शारिरीक रुपमा सबल ब्यक्ति भन्दा कम छैनन् उनी । ७ जना रहेको उनको परिवारका लागि उनी बोझ नभएर सामान्य घर खर्च जुटाउने स्रोत समेत रहेकि छिन् । घरमै कम्युटर, प्रिन्टर लगायतका सामान जोडेकि उनले अहिले गाउ घरमा रहेका बोर्डिङका प्रश्न पत्र निर्माण, फोटोकपी, फोटो निर्माण, फ्रेमिङ लगायतका सेवा दिदै आएकि छिन् । त्यस बापत उनले आर्जन गरेको रकम परिवार र उनको प्रयोजनका लागि जुटाउदै आएकी छिन् । महिनाको ७ – ८ हजार घरमै बसी बसी कमाउने गर्छिन् ।
“सुरु सुरुमा त साह्रै पिडा हुन्थ्यो छोरी त्यस्ती छे अब कसरी गरि खान्छे भनेर उनकी आमा रमाले भनिन् –“अब त पिर छैन । बरु अरुका कतिपय सपांग छोराछोरी भएर पनि बरालिएर हिडेका छन् ।” गाउघरमा सबैले यमुनाको प्रशंसा गर्ने गर्छन । मेहनती, बिश्वासिली र काम गर्न सिपालु रहेकी उनका छिमेकी समेत बताउछन् । छिमेकि राधिका रनपहेली यमुनाले बनाई दिएको भित्तामा टासेको फोटो देखाउदै भन्छिन् –“यो सबै फोटो यमुना बहिनीले नै बनाई दिएकी हुन् । साह्रै मेहनती र आत्म बिश्वास भएकी केटी छिन् ।” उनी स्यम पनि अपांगहरुलाई सहानुभुती भन्दा पनि अवसरको खाचो रहेको बताउछिन् । अवसर दिए सपांग सरह काम गर्न सक्षम रहेको बताउछिन् यमुना । उनी भन्छिन् –“ राज्यले हामीलाई सहानुभुती हैन अवसर दिए पुग्छ । अवसर मात्रै दिए हामी गरेर देखाउछौ ।” उसो त उनी गाउघरमा मात्र सिमित छैनन् । बिभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध रहेकि छिन् । रेडक्रस, महिला सञ्जाल, शरणामती अपांग सहयोग समिती मार्फत समाजमा सेवा पु¥याउदै आएकि छिन् ।  अब उनको एउटै लक्ष्य रहेको छ निजामती सेवामा आबद्ध हुने र राज्यलाई सेवा दिने । अब पढाईलाई पुरा गर्दै निजामती कर्मचारीका लागि भिड्ने उनले बताईन । अहिले पढाई संगसंगै लोकसेवा आयोगको परिक्षाका लागि पनि तयारी गरीरहेकि छिन् । उनको दुबै खुट्टा चल्दैनन् । धेरै ठाउमा उपचार गरिसके पनि ठिक नभएको उनले बताईन । सानै देखि खुट्टा नचले पनि उनको आत्मबिश्वास चलिनै रहेको छ निरन्तर । उनी जस्तै अन्य अपांगका लागि उनी उदाहरणिय त छदै छिन् यद्यपी यमुना बाट शारिरीक रुपमा सपांग भएर पनि मानसिक रुपमा अपांग भएकाहरुले पनि केहि पाठ सिक्नु आवश्यक छ ।   
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: [email protected]