News
दम्पति नै एउटै पेशामा हुदा सेवा दिन सहज भएको छ
Added: 2015-10-30

              दम्पति नै एउटै पेशामा हुदा सेवा दिन सहज भएको छ  
                                                                                                                                              –लोकनाथ रिजाल


    सबेरैको भालेको डाक संगै दुई दम्पत्ति लाई भ्याई नभ्याई हुन्छ साझ सम्म । आउने बिरामीको उपचारमा बिहान ४ बजे देखि साझ ५ बजे सम्म ब्यस्त हुन्छन् दुबै जना । ति दम्पत्तिहरु हुन् झापाको दमक–१३ नम्बर निवासी ५१ बर्षिय गंगा ढकाल र ४० बर्षिया शान्ता नेपाल । उनीहरुले आरोग्य आर्युबेद स्वास्थ्य क्लिनीक चलाएको एक दशक बितेको छ । यो अवधिमा यी दुई दम्पत्तिलाई सधै आउने बिरामीहरुको सेवा गर्ने चटारो परि नै रहेको छ । दुई दम्पत्ति प्राकृतिक उपचार पद्धति (योग, प्रणायम, मेडिटेशन, ध्यान तथा फिजियो एक्सरसाईज) दिनका लागी परेका छन् । यस्ता भाग्यमानी दम्पत्ति बिरलै होलान जसको क्षेत्र एउटै, योग्यता उही र बिचार पनि ।
दमक १३ स्थित पुर्व बस स्टेण्ड दक्षिण पट्टि आफ्नै निवासमा अहिले यी दुई दम्पत्तिले आरोग्य आर्युबेदिक स्वास्थ्य क्लिनिक चलाएर दैनिक १०–१५ जनाको संख्यामा क्लिनिकल बिरामीहरुको उपचार सेवा प्रदान गरिरहेका छन् । मेडिकल साईन्स (ऐलोपेथिक उपचार पद्धति)  को युग भए पनि प्राकृतिक चिकित्सा पद्धति मार्फत उपचार गर्नेहरुको आज भोली भिड बढ्दै गईरहेको छ । यसो हुनुमा यस पद्धति प्रतिको बिश्वास र  रिजल्ट नै यसको प्रमुख कारण रहेको बताउछन् आर्युबेदिक चिकित्सक तथा योग प्रशिक्षक ढकाल । ऐलोपेथिक उपचार पद्धति र प्राकृतिक चिकित्सा पद्धति बिच फरक के छ भन्दा उनी भन्छन्–“दुईटै उपचार पद्धतिको उदेश्य उहि हो तर उपचार गर्ने शैली फरक छ । ” एक्सिडेन्टल केशहरुमा ऐलोपेथिक नै चाहिने भए पनि बिशेष गरी क्रोनिक रोगीहरु (दम, बाथ, मोटोपन,प्यारालाईसीस, पिनास) का लागि आर्युबेद नै उपयुक्त हुने उनले बताए । बिशेष गरेर आफ्नो क्लिनिकमा ऐलोपेथिक उपचार गरेर रेफर भएका बिरामीहरु आउने गरेको उनले बताए ।  नियमित योगाभ्यासका साथ क्लिनिकमा आर्युबेदिक औषधि, आर्युबेदिक फुड सप्लिमेन्ट, औषधिमुलक जडिबुटिको नर्सरी समेत सेवा रहेको ढकालकी धर्मपत्नी शान्ता नेपालले बताईन । कुरीलो ,पत्थरचट्टा, स्टेभिया, गुर्जाे लगायतका बिरुवाका नर्सरी रहेको उनले बताईन ।    
    आफुले यो सेवा सुरु गर्दा दमकमा आर्युबेद सम्बन्धि २ वटा मात्र आर्युबेद औषधि पसल रहेको ढकालले बताए । सुरुका समय आफु पनि गर्धनमा नसा सुकेको कारण बिभिन्न ठाउका अस्पताल धाउदा धाउदा भरपर्दाे उपचार नभए पछि दिक्क भएर यो उपचार पद्धति अपनाउदा ठिक भएपछि यसै क्षेत्रमा केहि गरु भनेर लागेको ढकालले बताए । उनले भने– “मैले मेरो उपचारका लागि कहा मात्र धाईन, डा.बिश्वबन्धु शर्मा, उपेन्द्र देबकोटा, चाङ लगायतका डाक्टर संग उपचार गर्न गए । कसैले डिप्रेशन त कसैले माईग्रेन भने तर मद्रासको एपोलो हस्पीटलमा पुगे पछि त्यहाको डाक्टरले पनि नसकेर मेडिकल साईन्स बाट उपचार संभव छैन अब प्राकृतिक चिकित्सा पद्धति तिर जानुस भन्ने सल्लाह पछि मैले सन् २००५ मा रामदेब बाबाको योग पतञ्जली योगपिठ गए पछि यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो । ”
    खाने मुख लाई जुंगाले छेक्दैन भन्ने भनाईलाई चरितार्थ गर्दै आफै पनि रोग बाट ग्रसीत भएका ढकालले ४१ बर्षको उमेरमा यसै क्षेत्रमा अध्ययन समेत सुरु गरे । उनले अहिले बाल्मिकी कलेज काठमाण्डौ बाट योगाचार्य, पतञ्जली योगपिठ ट्रष्ट बाट बिभिन्न बिद्या सम्बन्धि अध्ययन, जगदम्बा मेडिकल कलेज बाट बैद्य (पञ्चकर्म,षट कर्म), भारतको जोतपुर राजस्थान बाट एक्युप्रेसर थेरापीमा मास्टर गरेका छन् । उनले मात्र हैन उनकी श्रीमती शान्ताले पनि उहि तहको अध्ययन गरेकि छिन् । आफु जस्तै अरुले पनि दुःख तथा समस्या नझेलुन भनेर ब्यवसायका लागि नभएर सेवाका लागि नै आफुले यो उपचार पद्धतिको सेवा दिएको ढकालले बताए । आफ्नो परिवार चलाउन समेत नपुग्ने कमाई भए पनि यसै क्षेत्रमा दुई दम्पति नै लागि पर्ने उनले बताए । उनले भने –“ मेरो अन्य ब्यवसाय पनि छ खान लाउन त्यसै बाट पुग्छ यो त मेरो सेवा मात्र हो । ” दुबै जना यसै क्षेत्रमा काम गर्दा सेवा दिन सजिलो भएको ढकालकी श्रीमती शान्ताले बताईन । उनले भनिन् – “ उहाले नभ्याउदा मैले र मैले नभ्याउदा उहाले बिरामीहरुलाई सेवा दिनु हुन्छ । यसरी एउटै क्षेत्रमा काम गर्दा हामिहरुलाई अत्यन्तै सहज पनि भएको छ । ” बिभिन्न किसीमको अध्ययन तथा अनुसन्धानका लागि थाईल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ समेत गईसकेका यी दुई दम्पति अब अमेरिका जाने तयारीमा रहेका छन् ।
    बिदेशमा यस पद्धतिको प्रयोग बढिरहेको छ । अहिले आएर नेपालमा समेत प्राकृतिक चिकित्सा पद्धति अपनाउन मेडिकल साईन्सका डाक्टरहरु नै सल्लाह पनि दिन्छन् । धेरै जसो मानिसहरु अहिले आएर अल्छि बन्दै गएका छन् । मिठो लाउन, धेरै आरामको जिन्दगी ज्युन, शारिरीक परिश्रम नगर्न मन पराउछन् । यस्तो बानीका कारण धेरै मानिसहरुमा मोटोपन,सुगर, बाथ, श्वास प्रश्वासका रोगहरु लाग्ने गरेको पाइएको छ । यसको उपचारका लागि प्राकृतिक चिकित्सा पद्धति उपयुक्त र सर्व सिद्ध हुदै गएको छ । यसको लोकप्रियता अहिले बढ्दै गईरहेको छ । अहिले रोग र योग अन्तरनिहित शब्द बनिरहेको छ भन्नुमा दुई मत नहोला ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: [email protected]